Tuesday, May 31, 2016

बढीभन्दा बढी दुर्गम क्षेत्रलाई राष्ट्रिय सडक/रेल सञ्जालमा जोड्न चीनले ठूलो परिमाणको लगानी घोषणा गरेको छ । विकटमा यातायात पहुँच पुर्‍याएर समृद्धिको ढोका खोल्ने सरकारी नीति छ ।

त्यसका लागि तीन वर्षमा पूरा गर्ने गरी तीन सयवटा नयाँ परियोजनाको खाका तयार पारिएको छ । मुलुकका अति पिछडिएका तथा विपन्न र क्षेत्रीय केन्द्रसम्म सडक/रेल विस्तार गर्ने सरकारी योजना छ । चिनियाँ अधिकारीहरूले चार दशमलव सात ट्रिलियन युआन खर्चिने योजना तयार पारेका हुन्, जसको अमेरिकी मूल्य सात खर्ब २५ अर्ब डलर हुन आउँछ । आगामी तीन वर्षभित्र उक्त रकम खर्च गरिसकेर लक्ष्य चुम्न सरकारले अधिकारीहरूलाई निर्देशन दिएको छ ।

राष्ट्रिय विकास तथा पुनर्संरचना आयोगका चेन जियानको भनाइमा उक्त विशाल लगानी गरिबी उन्मुलनको सरकारी लक्ष्यसँग सम्बन्धित छ । चीनले सन् २०२० सम्ममा सबै जनसंख्यालाई गरिबीको रेखामाथि उकासिसक्ने लक्ष्य तय गरेको छ । ‘आवतजावतको विश्वसनीय ढाँचाले मानिसलाई गरिबीको चक्रबाट मुक्त गर्न सहज हुने हाम्रो आशा छ,’ चेनले भने, ‘सोही कारण हामीले ग्रामीण सडक विस्तारलाई नयाँ योजनाको आधार स्तम्भ बनाएका हौं । राष्ट्रिय गतिविधिबाट टाढा रहेका विकट क्षेत्र केही वर्षभित्रै आर्थिक समृद्धिको आधार बन्ने क्रममा छन् ।’

चीनको फरक भौगोलिक अवस्था, खासगरी मुलुकको दक्षिण र दक्षिणपश्चिमी भागमा ठूलो जनसंख्या अन्य भागको तुलनामा अलगथलग अवस्थामा छ । हालसम्म सरकारी सहयोगबाट उक्त जनसंख्या टाढा छ । सोही कारण विकासको गतिमा समेटिन सकेको छैन ।

यातायातमा नयाँ लगानी योजना चीनमा मुख्य केन्द्रसम्म सर्वसाधारणको पहुँच विस्तारमा केन्द्रित छ । खासगरी याङ्जी र पर्ल नदीको तटीय क्षेत्रमा बसेका सहरहरूबीच अन्तरसम्बन्ध विस्तारमा उक्त योजना लागू हुनेछ । राजधानी बेइजिङबाट तियान्जिन नगर हुँदै हेबेई प्रान्त जोड्ने सरकारी योजना तीव्र गतिमा अगाडि बढेको छ ।



http://kantipur.ekantipur.com/news/2016-05-31/20160531205955.html

यातायातमा चीनको सवा ७ खर्ब

Monday, May 30, 2016





एकै दिनमा ३१ जनासँग सेक्स गरेकी पोखराकी एक युवतीको कथा यस्तो छ :

पोर्न फिल्म हेर्ने मामिलाबारे गरिएको एक अध्ययनमा महिलाहरु विहेपछि बढी पोर्न फिल्म हेर्ने गरेको पत्ता लागेको छ । यद्यपी पुरुषहरुमा यसको ठिक उल्टो कुरा पत्ता लागेको छ । अध्ययन रिपोर्टमा विहेपछि पुरुषहरु पोर्ने फिल्म कम हेर्ने गरेको पाइएको छ । बेलायती पत्रिका द इण्डिपेन्डेन्टका अनुसार शोधकर्ताहरुले यो कुरा पत्ता लगाउन विहेभन्दा पहिला र विहेपछि सक्सुअलिटीप्रतिको क्रियाकलाप तथा विचारमा कसरी परिवर्तन आउँछ भनेर सयभन्दा बढी विवाहित महिलाहरुसँग र पुरुषहरुसँग सोधेका थिए । यो सोधमा सहभागी ९ प्रतिशत महिलाहरुले विहेभन्दा पहिला पोर्नग्राफी हेर्न कुरा स्वीकार गरेका छन् जबकी २८ प्रतिशतले विहेपछि पोर्न फिल्म हेर्ने गरेको बताए । अर्काेतर्फ पुरुषहरुमा यसको ठ्याक्कै उल्टो व्यवहार देखियो । २३ प्रतिशत पुरुषले विहेभन्दा पहिला पोर्न फिल्म हेरेको र त्यसमा १४ प्रतिशतले मात्रै विहेपछि पोर्न फिल्म हेरेको पाइयो । यो अध्ययनको रिपोर्ट सेक्सोलजिज जर्नलमा पनि प्रकाशित भएको छ । अध्ययनमा सहभागी शोधकर्ताहरुले यो रिपोर्ट हेर्दा विहेपछि महिलाहरु बढी पोर्न फिल्म हेर्छन् भने पुरुषहरुमा यो मामिलामा कमी आएको बताए । यस्तो किन हुन्छ ? Porn यो प्रश्नमा सोधकर्ताहरुले सेक्सको अत्याधिक चाँहना र पोर्नाेग्राफीबीचको सम्बन्धको पुष्टि भइसकेको भन्दै विहेपछि पुरुषहरुमा समाजमा आफ्नो सामाजिक–आर्थिक हैसियतको स्थापित गर्नमा बढी केन्द्रीत हुने भएकाले उनीहरुको प्राथमिकतामा सेक्सुअल फंतासी नपर्ने र आफ्नै पार्टनरसँग मात्रै सम्बन्ध बनाउन अग्रसर हुने बताए । अर्काे तर्फ महिलाहरुलाई विहेपछि सामाजिक कलंक वा अन्य कुनै प्रकारको डर नहुने र घरमा दिनभरी एक्लै तथा खाली हुने भएकाले धेरै पोर्न फिल्म हेर्ने गरेको पाइएको सोधकर्ताहरुले बताए । दैनिक नेपालबाट

जान्नैपर्ने कुरा – विहेपछि महिलाहरु किन धेरै हेर्छन ब्लू फिल्म ?

१७ जेठ, २०७३ ।
नेपाली हेडलाइन-२४ ।  शुक्रबार राइजिङ मलको हिमालयन जाभामा श्वेता खड्कालाई देख्दा अलिकति असामान्य लाग्यो। उनी त्यहाँ केही कागजी काममा व्यस्त देखिन्थिन्। थुप्रै मान्छे आवतजावत गर्ने खुल्ला ठाउँ- कुनै हिरोइन त्यसरी बस्नु प्राय:लाई असामान्य लाग्न सक्छ।
हामीलाई देखेपछि उनी जुरुक्क उठिन् र हाँस्दै इसारा दिएर नजिकको कुर्सीमा बस्न भनिन्। 'आफ्नै घरमा पाहुना स्वागत गर्नुभए जस्तै लाग्यो', मैले भनेँ। उनले थपिन्, 'घर जस्तै त हो नि।' साँच्चै, सात महिनादेखि यो उनको अर्को घर भएको छ। हामीले कुराकानीको सुरुवात क्याफेबाटै गर्‍यौँ।
'सँधै इन्टरभ्युदेखि विभिन्न मिटिङका लागि मान्छेहरु भेटिरहनुपर्ने। कहिले एउटा ठाउँको क्याफेमा, कहिले कताको रेस्टुरेन्टमा,' श्वेताले हाँस्दै भनिन्, 'अहिले सजिलो भएको छ आफ्नै क्याफेमा बोलायो। मन लागेसम्म कुरा गर्‍यो।'


काठमाडौंका विभिन्न कफी सपहरुले आकर्षित गरेको रहेछ श्वेतालाई। 'राम्रो व्यवसाय पनि हुने, साथीहरुसँग आफ्नै ठाउँमा भेट्न पनि पाइने', श्वेताको बिजनेस माइन्ड चल्यो, 'कफीको राम्रै बिजनेस हुन्छ।' तर उनलाई कफीसम्बन्धी कुनै ज्ञान थिएन। हिमालयन जाभाको फ्रान्चाइज खोल्नुअघि उनले कफीसम्बन्धी कोर्स नै लिइन्।
व्यावसायिक जीवन
हिट फिल्महरुकी धेरैले रुचाएकी नायिका। फिल्म खेल्न, स्टेज प्रोग्रामहरु गर्न भ्याइनभ्याइ हुनुपर्नेमा कफी शप खोलेर व्यवसाय सुरु गरेको सुन्दा अनौठो लाग्न सक्छ। तर उनको जीवनमा फिल्मभन्दा व्यवसाय अगाडि आयो। श्वेताका रुपमा पर्दामा चिनिनुअघि नै उनको व्यवसायिक जीवन रन्जना खड्काका रुपमा सुरु भइसकेको थियो। 'फिल्मलाई त मैले पछिमात्रै माया गर्न थालेकी हुँ', उनले भनिन्, 'मेरो लागि व्यवसाय नै अगाडि आयो र अहिले पनि त्यही नै अगाडि आउँछ।‘
'कहाँ भेटिएला', 'कोहिनुर' जस्ता हिट फिल्मकी हिरोइनका रुपमा मात्र धेरैले चिन्ने उनको यो उद्यमी रुप कस्तो छ त? प्रश्न गर्नुअघि नै उनले भनिन्,’मेरो बिजनेस यही हिमालयन जाभामा मात्र लिमिटेड छैन नि त।‘ थोरै मुस्कुराउँदै भन्दा श्वेताको मुहारमा गर्वको भाव झल्किन्थ्यो। राइजिङ मलको सबैभन्दा माथिल्लो तल्लामा आँखा पुर्‍याउदै थपिन्, 'यो बिल्डिङको इन्टेरिअर डिजाइनिङ मेरै कम्पनीले गरेको हो।' कलेज पढ्दादेखिनै श्वेताले एश्वर्या इन्टेरिअर इन्जिनियरिङ कम्पनीमा मार्केटिङ सम्हाल्थिन्। त्यहाँ काम गर्दा उनमा आफैं पनि त्यस्तो कम्पनी चलाउन सक्छु भन्ने आत्मविश्वास जाग्यो।
श्वेता उमेरले सानै थिइन् तर लक्ष्य ठूलो थियो। परिवार, आफन्त अनि केही साथीभाइको साथ र सहयोगमा उनले इन्जिनियरिङ कम्पनी खोलिन्। उनको कम्पनीले भवन निर्माण, इन्टेरिअर, एक्स्टेरिअर डिजाइनिङको काम गर्छ। सानो प्रयास र थोरै लगानी अनि ठूलो सपना र धेरै मेहनतका कारण उनको पहिलो कम्पनी एम.आर.एस एन्ड इन्जिनियरिङ प्रालि आज सातौं वर्षमा पनि राम्रो चलिरहेको श्वेताले दाबी गरिन्। हामा टावर, भाटभटेनी सुपर स्टोरको महाराजगन्ज बाहेकको अन्य शाखाहरुको भवन, ग्राण्ड बैँक, प्रभु बैँक लगायतका ठूला भवनको पार्टिसन र एक्स्टियर डिजाइन उनकै कम्पनीले गरेको हो।
उनको कम्पनीले आफ्नै लागि र बाहिर व्यापारका लागि भवन निर्माण सामाग्रीहरुको आयात-निर्यात पनि गर्छ। श्वेताको लागि व्यापार व्यवसाय 'कन्टिनियस प्राक्टिस' हो। उनलाई लाग्छ, 'व्यवसाय गर्नेहरु एउटै काममा सीमित हुनु भनेको जोखिम मोल्नु हो। बिजनेसमा जे पनि हुन सक्छ।' उनको इन्द्रेणी ग्रुपसँग पनि सहकार्य छ। इन्द्रेणी ग्रुपको थ्री स्टार होटल इन्द्रेणी हिमालयमा पार्टनरको रुपमा संलग्न श्वेता हिरोइनभन्दा पनि व्यवसायीको रुपमा चिनिन चाहन्छिन्।
'पढ्नु र पर्नु फरक'
हिमालयन जाभाबारे चाही एक वर्षअघि आइडिया आयो। त्यसको पाँच महिनामै क्याफे सुरु भइहाल्यो।  विदेश घुम्दा देखेको कफीको मार्केट र काठमाडौंभित्रकै कफी शपहरु बारे बुझेपछि सानातिना जमघट र मिटिङहरुका लागि क्याफे सही ठाउँ बन्न सक्ने उनले अनुमान गरिन्। उनले क्याफे चलाउनेबारे विचारमात्र गरिनन्, कफी शपको लागि पहिलो कदम चालिन् र हिमालयन जाभाको फ्रान्चाइज सुरु गरिन्।
अहिले भन्छिन्, ’बिजनेस राम्रो छ। विज्ञापन गर्नुपरेको छैन। अझ फाइदा त, आफ्नो भेटघाट पनि यतै गर्न पाइन्छ।‘ थोरै हाँस्दै थपिन्, ’क्याफे हुनुपहिले यसै पनि खर्च हुन्थ्यो, अहिले त गेस्ट अनि साथीभाइलाई आफ्नै शपको सर्भ गर्न पाउँदा खुसी लाग्छ।'
समाजशास्त्र र अर्थशास्त्रमा डबल ब्याचलर्स गरेकी बताउने श्वेताले पढाइको विषयभन्दा भिन्न कामहरु आँटिन्। जति गरेकी छिन् त्यसमा सफल भएको लाग्छ उनलाई।श्वेताकै शब्दमा- जे पढियो, त्यो होइन। जे सिकियो, त्यो काम गर्न सजिलो हुने रहेछ। उनी भन्छिन्, 'समय, परिस्थिति र अनुभवले मान्छेलाई कुन दिशामा धकेल्छ थाहा हुँदैन।
'रियल लाइफकी पनि हिरोइन'
इन्जिनियरिङ, आयात निर्यातसँगै कफी शपसम्मको व्यवसायमा हात हालेकी श्वेतालाई समय व्यवस्थापन सबैभन्दा महत्वपूर्ण लाग्छ। आफ्ना दर्शकदेखि कर्मचारी, पार्टनरदेखि फिल्मकर्मी सबैलाई समय दिनुपर्छ। कहिले व्यावसायिक मिटिङ त कहिले सिनेकर्मीको जमघट र कार्यक्रम। यी सबैलाई सम्हालिरहेकी छिन् उनी। उनलाई केही सहज छ। किनकि परिवार, दर्शक र आफन्तको साथ छ।
श्वेता आफ्नो व्यावसायिक जीवन मजाले अगाडि बढ्नुको श्रेय परिवारसँगै आफ्ना कर्मचारीहरुलाई दिन्छिन्। केही कर्मचारी त विगत ७ वर्षदेखि उनीसँगै काम गर्दै आएका छन्। निरन्तर उनकै कम्पनीमा रहेर काम गर्दै आएका शैलेश खड्का भन्छन्, 'उनको व्यवहार र काम गर्ने हरेकसँग हाँस्ने, बोल्ने बानी निकै राम्रो छ।' त्यस्तै श्वेताको हिमालयन जाभाका बारिस्टा (कफी हाउसमा कफी बनाउने र सर्भ गर्ने) विशाल मगरले भने, 'म्याम टिभीमा मात्र होइन, रियल लाइफमा पनि हिरोइन हुन्। अन्य क्याफेका ओनरहरु म्याम जस्तो आफ्नो स्टाफसँग घुलमिल हुँदैनन् होला सायद।'
श्वेतालाई कहिलेकाहीँ लाग्छ,’मैले मेरो बिजनेस बन्द गरेर पूरै समय फिल्मलाई दिए मेरा कर्मचारी कता जालान्? के काम गर्लान्? उनीहरुको माया लाग्छ। भावनात्मक रुपमा पनि म उनीहरुको नजिक भइसकेँ।' उनले क्याफेमा काम गरिरहेका केही स्टाफतर्फ हेर्दै भनिन्, 'कहिलेकाहीँ झुक्याएर आउनुस् न, मलाई यतै उहाँहरुसँगै भेट्नुहुनेछ।'
र, फिल्मका कुरा
उनी दुःखी छिन् केही समययता सिनेमामा समय दिन नपाउँदा। उनले आफ्ना फ्यानसँग माफी माग्दै आफूले हाल फिल्म नगर्नुको कारण खुलाइन्- 'केही महिनायता म आफैँलाई अनि आफ्नो व्यवसायलाई सम्हाल्नमा व्यस्त छु। एउटा दु:खको घडी भर्खरै मबाट गुज्रियो। त्यस बेलादेखि व्यवसायिक कामहरु केही तलमाथि भएका छन्। सबै कुरा मिलाएर म फेरि फिल्ममा फर्कन्छु।'
उनले हतारमा फिल्म नगर्नुको अर्को पनि कारण बताइन्,’म फिल्ममा रहरले लागेको होइन तर पनि यो क्षेत्रसँग मेरो नाता बस्यो। चटक्क माया मार्न सक्दिनँ। तर जस्तो पायो त्यस्तै फिल्म गरेर मलाई दर्शकको माया, विश्वास गुमाउनुछैन। भन्छिन्, ’दर्शक त मेरा 'गुडविल' हुन्।‘उनी आफ्नै प्रोडक्सन हाउसबाट फिल्म बनाउने तर्खरमा छिन्। भन्छिन्,’व्यवसाय राम्रो भए न हो राम्रो फिल्म बन्ने, कलाकारले राम्रो कमाउने। त्यसैले अब सिनेमालाई पनि व्यवसायिक ढंगबाट विकास गर्नुपर्छ।‘
प्यासन, योग्यता, प्रयास र लगनशीलतामा विश्वास गर्ने श्वेता आर्थिक उन्नति भएमात्र सबै खालको विकास सम्भव छ भन्छिन्।उनी लडेपछि थचक्क बस्न रुचाउँदिनन्। भन्छिन्, 'रेसमा जो कुद्छ उसैले हो जित्ने। नत्र अन्तिममा पर्नेको त कुरै छोडौं, केही सेकेण्डको अन्तरले दोस्रो हुनेले पनि कुनै पदक पाउँदैन।' -(स्वेत्छा राउत्; पहिलोपोस्टबाट)

स्वेता खड्का: जसको जीवनको अर्को पाटोबारे धेरैलाइ थाहा छैन

 
Nepali and video © 2015 | Distributed By My Blogger Themes | Designed By Templateism