Monday, May 30, 2016

जान्नैपर्ने कुरा – विहेपछि महिलाहरु किन धेरै हेर्छन ब्लू फिल्म ?

पोर्न फिल्म हेर्ने मामिलाबारे गरिएको एक अध्ययनमा महिलाहरु विहेपछि बढी पोर्न फिल्म हेर्ने गरेको पत्ता लागेको छ । यद्यपी पुरुषहरुमा यसको ठिक उल्टो कुरा पत्ता लागेको छ । अध्ययन रिपोर्टमा विहेपछि पुरुषहरु पोर्ने फिल्म कम हेर्ने गरेको पाइएको छ । बेलायती पत्रिका द इण्डिपेन्डेन्टका अनुसार शोधकर्ताहरुले यो कुरा पत्ता लगाउन विहेभन्दा पहिला र विहेपछि सक्सुअलिटीप्रतिको क्रियाकलाप तथा विचारमा कसरी परिवर्तन आउँछ भनेर सयभन्दा बढी विवाहित महिलाहरुसँग र पुरुषहरुसँग सोधेका थिए । यो सोधमा सहभागी ९ प्रतिशत महिलाहरुले विहेभन्दा पहिला पोर्नग्राफी हेर्न कुरा स्वीकार गरेका छन् जबकी २८ प्रतिशतले विहेपछि पोर्न फिल्म हेर्ने गरेको बताए । अर्काेतर्फ पुरुषहरुमा यसको ठ्याक्कै उल्टो व्यवहार देखियो । २३ प्रतिशत पुरुषले विहेभन्दा पहिला पोर्न फिल्म हेरेको र त्यसमा १४ प्रतिशतले मात्रै विहेपछि पोर्न फिल्म हेरेको पाइयो । यो अध्ययनको रिपोर्ट सेक्सोलजिज जर्नलमा पनि प्रकाशित भएको छ । अध्ययनमा सहभागी शोधकर्ताहरुले यो रिपोर्ट हेर्दा विहेपछि महिलाहरु बढी पोर्न फिल्म हेर्छन् भने पुरुषहरुमा यो मामिलामा कमी आएको बताए । यस्तो किन हुन्छ ? Porn यो प्रश्नमा सोधकर्ताहरुले सेक्सको अत्याधिक चाँहना र पोर्नाेग्राफीबीचको सम्बन्धको पुष्टि भइसकेको भन्दै विहेपछि पुरुषहरुमा समाजमा आफ्नो सामाजिक–आर्थिक हैसियतको स्थापित गर्नमा बढी केन्द्रीत हुने भएकाले उनीहरुको प्राथमिकतामा सेक्सुअल फंतासी नपर्ने र आफ्नै पार्टनरसँग मात्रै सम्बन्ध बनाउन अग्रसर हुने बताए । अर्काे तर्फ महिलाहरुलाई विहेपछि सामाजिक कलंक वा अन्य कुनै प्रकारको डर नहुने र घरमा दिनभरी एक्लै तथा खाली हुने भएकाले धेरै पोर्न फिल्म हेर्ने गरेको पाइएको सोधकर्ताहरुले बताए । दैनिक नेपालबाट

About the Author

Unknown

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet appellantur usu, mnesarchum referrentur id vim.

Post a Comment

 
Nepali and video © 2015 | Distributed By My Blogger Themes | Designed By Templateism